अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
पाेखरा | कात्तिक २९, २०८२
पोखरा: तेस्रो संस्करणको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ शनिबार सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा विजय डाँडामा तीन दिनसम्म भएको प्रतियोगितामा आठ देशका ४५ खेलाडी सहभागी थिए ।
प्रतियोगिता छ वटा ट्रेल कुल ५ किलोमीटर ३६३ मिटर दूरीका साथमा छ वटा विधामा खेलाइएको प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए ।
३० देखि ३९ वर्ष सम्मका मास्टर्स ुएु विधामा नेपालका राजन भण्डारी प्रथम हुन सफल भए । भण्डारीले निर्धारित दूरी १४ मिनेट ५ मिलिसेकण्डमा पार गरेका थिए । त्यस्तै अस्ट्रेलियाका स्टेफन विलियम्स दोस्रो भएभने नेपालकै मुनेश घले तेस्रो हुन सफल भए । विलियम्सले निर्धारित दूरी १५ मिनेट ५९ सेकेन्ड ८१ मिलिसेकेन्डमा पार गरेका थिए भने घलेले १६ मिनेट २६ सेकेन्ड ५२ मीलिसेकण्डमा पार गरेका थिए ।
यता मास्टर्स ुबीु तर्फ पनि नेपालकै शक्ति गुन्सेकर प्रथम हुन सफल भए । उनले निर्धारित दूरी १६ मिनेट १७ सेकेन्ड ३७ मिलिसेकेन्डमा पार गर्न सफल भए । यता सोही दूरी नेपालकै रवि कार्कीले १६ मिनेट ५० सेकेन्ड ४६ मिलिसेकेन्डमा पार गर्दै दोस्रो भएभने १७ मिनेट ३० सेकेन्ड ३७ मिलिसेकेन्डमा उक्त दूरी पार गर्दै प्रयास तामाङ तेस्रो बने ।
यता जुनियर तर्फको विधामा प्रसन्न महर्जन प्रथम, दिप्सन थापा दोस्रो र स्वप्निल रायमाझी तेस्रो बन्न सफल भए । पर्सनले निर्धारित दूरी १५ मिनेट ४९ सेकेन्ड २० मिलिसेकेन्डमा पार गरेका थिए भने दिप्सनले १५ मिनेट ५० सेकेन्ड ३५ मिलिसेकेन्डमा पार गरेका थिए । त्यस्तै स्वप्निलले भने उक्त दूरी १६ मिनेट ५८ सेकेन्ड ८५ मिलिसेकेन्डमा पार गरेका थिए ।
त्यस्तै खुला महिलातर्फको विधामा लक्ष्मी मगर प्रथम र कृपा डंगोल दोस्रो हुन सफल भइन् । लक्ष्मीले निर्धारित दूरी २० मिनेट एक सेकेन्ड ८० मिलिसेकेन्डमा पार गरेकी थिइन् भने कृपा डंगोलले २० मिनेट १५ सेकेन्ड ४० मिलिसेकेन्डमा पार गरेकी थिइन् ।
यता इलिटतर्फको विधामा भने हिकमत बिक प्रथम हुन सफल भए । उनले निर्धारित दूरी १३ मिनेट ९ सेकेन्ड ७४ मिलिसेकेन्डमा पार गरेका थिए । त्यस्तै यस विधामा तेन्जिङ गुरुङ दोस्रो र अनिल बिक तेस्रो हुन सफल भए । तेन्जिङले १३ मिनेट ५८ सेकेन्ड ५६ मिलिसेकेन्डमा उक्त दूरी पार गरेका थिए भने अनिलले १४ मिनेट २९ सेकेन्ड १६ मिलिसेकेन्डमा पार गरेका थिए ।
त्यस्तै ५० वर्षमाथिका भेट्रान्स विधामा भने थाइल्याण्डका मार्क डटी प्रथम हुन सफल भए भने दोस्रो र तेस्रो नेपालका क्रमश मिङ्गुर दोर्जे शेर्पा र अनिल बास्कोटा भए । थाइल्याण्डका मार्कले निर्धारित दूरी १३ मिनेट ५५ सेकेन्ड १८ मिलिसेकेन्डमा पार गरेका थिए । त्यस्तै उक्त दूरी शेर्पाले १७ मिनेट २२ सेकेन्ड ७५ मिलिसेकेन्डमा पार गरेका थिए भने बास्कोटाले १८ मिनेट ५६ सेकेन्ड १८ मिलिसेकेन्डमा पार गरेका थिए ।
प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी ८ देशका ४५ खेलाडी सहभागी थिए । सबै खेलाडीलाई छ वटै ट्रेलमा खेलाइएको थियो ।
समुन्द्री सतहबाट १३ सय ६० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामाआयोजक डन टिल डस्कले सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाइरहेको छ । यस अघि २०८० र २०८१ सालमा प्रतियोगिता सम्पन्न भइसकेको छ । यो इन्डुरो प्रतियोगिताले विश्वभर ठुलो संख्यामा रहेका माउन्टेन बाइक प्रेमी आकर्षित भई नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

